आईपीएलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदै

Sports

युएईमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्ली आफ्नो दोस्रो र चेन्नई तेस्रो खेलका लागि मैदान उत्रने छन् । दिल्ली र चेन्नईबीचको खेल नेपाली समय अनुसार आज साँझ ७ः४५ बजे सुरु हुनेछ ।

श्रेयस आयरको कप्तानीमा मैदान उत्रने दिल्ली लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । पहिलो खेलमा दिल्लीले किङ्स इलेभेन पन्जाबलाई सुपर ओभरमा पराजित गरेकोे थियो । यता, महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई पनि दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।