काठमाडौँ उपत्यकामा जोखिम बढ्दै , थप ६४५ जनामा कोरोना संक्रमण पुष्टि

Health-Education

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६४५ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका ५०३ जना, भक्तपुरका ५१ जना र ललितपुरका ९१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ३१३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ जना पुगेको छ ।