कोरोना संक्रमणमुक्त नेपालका सात जिल्ला

Health-Education

नेपालका सात जिल्ला कोरोना संक्रमणमुक्त छन् । नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, रसुवा, मुगु र हुम्ला संक्रमणमुक्त जिल्ला भएको बताउनुभयो ।

शुक्रबार पीसीआर विधिबाट १२ हजार २६२ जनाको कोरोना परीक्षण भएको छ । अहिलेसम्म  ९ लाख ६८ हजार १८५ जनाको कोरोना परीक्षण भएको छ ।  अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा ६ हजार ४६४ जना रहेका छन् ।