नेपालमा शुक्रबार थप १ हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ७० हजार ६१४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप १ हजार ३१३ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।
होम आइसोलेसनमा १० हजार ५२ र संस्थागत आइसोलेसनमा ८ हजार २ सय ३७ रहेको छ । अहिले देशका विभिन्न आइसोलेसनमा १८ हजार २८९ जना संक्रमित उपचाररत छन् । गत २४ घण्टामा १ हजार ४५५ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ ।
आज थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५९ जना रहेको छ । शुक्रबार पीसीआर विधिबाट १२ हजार २६२ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा ६ हजार ४ सय ५५ जना रहेका छन् ।