भोलि ४ बजे नेकपा सचिवालय बैठक बस्दै

Politics

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक भोलि ४ बजे  बस्ने भएको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा शनिबार दिउँसो ४ बजे सचिवालय बैठक बोलाउने सहमति भएको अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले जनाकारी दिनुभयो ।

राजदूत लगायतका राजनीतिक नियुक्ति प्राधनमन्त्री ओलीले एकलौटी रुपमा गरेको सचिवालय सदस्यहरुले नै उनको आलोचना गर्न थालेपछि बैठक बालोइएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मीलाई राजदूतमा सिफारिस गरेको थियो ।

पार्टीमा सल्लाहै नगरी राजदूत सिफारिस गरेपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालय र स्थायी समितिका सदस्य प्रधानमन्त्री ओलीप्रति असन्तुष्ट छन् ।