प्रदेश राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा प्रदेश पाँचको प्रदेश सभा तोडफोड भएको छ ।
नेपाली काँग्रेससहित विपक्षी दलका सांसदहरुले बुटवलस्थित प्रदेशसभामा कुर्ची र माइक तोडफोड गरेर राजधानी दाङ सार्ने प्रस्तावको विरोध गरेका हुन् ।
तोडफोड भएपछि मुख्यमन्त्री शंकर पोखरेल सभा भवनबाट बाहिरिनु भएको छ । तर प्रदेशसभा भने शुरु भएको छ । प्रदेशसभामा सत्तारुढ नेकपाका सांसद भोजप्रसाद श्रेष्ठ र विष्णु पन्थीले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै त्यसमा पुनर्विचार हुनुपर्ने माग गरेका छन् ।
त्यसअघि दलहरुको अवरोधका कारण प्रदेशसभा अनिश्चित भएको थियो । काँग्रेससहित विपक्षी दलहरु दाङ राजधानी सार्ने प्रस्तावको विपक्षमा छन् । सत्तारुढ दल नेकपाकै साविक लुम्विनी अंचलका जिल्लाका सांसदहरु पनि विरोधमा छन्।