Kailash Bikas Bank merges with prime Bank

डिजिटल कारोबार प्रोत्साहन गर्नका लागि ५ दिन सबै बैँक बन्द हुने

Economy

नेपाल बैंकर्स एसोसिएसनका अनुसार कात्तिक ७ गते फूलपातीका दिनदेखि ११ गते एकादशीका दिनसम्म सम्पूर्ण शाखाहरु बन्द हुने भएका हुन्।

विगतमा दसैंका बेला पनि ३६५ दिने काउन्टरहरु सञ्चालन हुने गरेका थिए।

एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्नका लागि पनि बैंकका सबै शाखाहरु ५ दिन बन्द गर्ने निर्णय भएको जानकारी दिए।

‘अहिले डिजिटल्ली कारोबार पनि बढेको छ, यसलाई प्रोत्साहन गर्नका लागि पनि शाखाहरु बन्द गर्ने निर्णय भएको हो’ उनले भने।

त्यस्तै बैंकमा कोरोनाको जोखिम बढेको उनले बताए। स्वास्थ्य र सुरक्षा क्षेत्रपछि बैंकिङ क्षेत्रमा जोखिम देखिएको शर्माले बताए। शर्माका अनुसार हाल करिब ३ हजार ८ सयको हाराहारीका बैंक कर्मचारीलाई संक्रमण देखिएको छ।

‘शाखा खुल्दा ग्राहकलाई पनि उत्तिकै जोखिम हुन्छ, त्यसमाथि दसैंका बेला नगद कारोबारबाहेक अन्य काम खासै हुँदैन’ उनले भने।

डिजिटल प्रणालीबाटै कारोबार गर्ने बानीको विकास गर्न पनि उनले आग्रह गरे।