नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको सचिवालयले पत्रकारहरूलाई दसैं खर्च भन्दै नगद १५ हजार बाँडेको खुलेको छ। कोइरालाका स्वकीय सचिव भरत तिवारीले खाममा नगद राखेर पत्रकारलाई फोन गर्दै मंगलबार दसैं खर्च भन्दै बाँड्दै हिँडेका छन्। तिवारीले शंशाकको नाम लिँदै जसरी पनि भेट्नु पर्यो, समय मिलाउन पर्यो भन्दै पत्रकारहरूलाई फोन गरेका थिए’ । भेट्न नमानेका कतिपय पत्रकारलाई तिवारीले सञ्चार माध्यमकै कार्यालयमा नगदसहितको खाम छाडेका थिए। उनले अनलाइनखबरको एक पत्रकारको नाममा खामबन्दी १५ हजार रुपैयाँ कार्यालय छोडेका थिए।
अनलाइनखबरकर्मीले उक्त रकम स्वीकार नगर्ने बताउदै तिवारीले बताए अनुसार कृष्ण न्यौपानेको नाममा रहेको नबिल बैंकको खातामा कांग्रेस महामन्त्रीले पठाएको १५ हजार रुपैयाँ डिपोजिट गरेर फिर्ता गरेका छन् ।