कांग्रेस महामन्त्री सशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले असावधानीवश आफूले सहयोग रकम गलत व्यक्तिलाई दिएको स्वीकार गरेका छन्।
राजकुमार नामका व्यक्तिले आफूसँग दसैँ खर्च मागेको र उनैलाई कार्यालय सहयोगीमार्फत पैसा पठाउने क्रममा गलत व्यक्तिको हातमा पर्न गएको तिवारीले बताएका छन् । तिवारीले मंगलबार साँझ यसबारे स्पष्ट पारेका छन् ।
तिवारीको वक्तव्य :
कांग्रेसका महामन्त्रीले दसैं खर्च बाँडे भनी प्रकाशित समाचारका सम्बन्धमा म निम्न कुरा स्पस्ट पार्न चाहान्छु । राजकुमार नाम गरेका एकजना आफन्तले केही दिन अघि दसैं खर्च दिनका लागि मलाई अनुरोध गरेका थिए। त्यही सहयोग रकम लिएर मंगलबार म अनामनगर चोकमा पुगेको थिएँ।
कोभिड संक्रमणका कारण उहाँलाई बाहिर बोलाउने क्रममा असावधानीवश गलत नम्बरमा कल गएको र तपाइँलाई एउट समान दिनुछ भनेपछि कल रिसिभ गर्ने व्यक्तिले कार्यलय सहयोगी पठाइदिन्छु भन्नुभयो। हतारमा गरिएको यही सम्वादका आधारमा भूलवश त्यो सहयोग मैले ती सहयोगीको हातमा पठाएको हुँ।
सहयोग लिने व्यक्तिको पहिचान गर्ने क्रममा म बाट कमजोरी तथा त्रुटी भएको भएको हो। यसबारेमा कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालालाई कुनै जानकारी छैन। यो उहाँको सरोकारको विषय पनि होइन। त्यसैले यो विषयलाई महामन्त्री कोइरालासँग जोडेर नहेरी दिनु हुन म अनुरोध गर्दछु। समग्र पत्रकारिता र मिडिया क्षेत्रको व्यवसायिक गरिमा र मर्यादाप्रति म सचेत र संवेदनशील रहेको स्पष्ट पार्न चाहान्छु।
-भरत तिवारी