२० लाख प्रति ई–पासपोर्ट छपाईको जिम्मा फ्रान्सेली कम्पनीलाई

फ्रान्सेली कम्पनी आइ.डीइ‍.एम.आइए आइडेन्टी एन्ड सेक्युरेटी फ्रान्स एस.ए.एसले २० लाख प्रति ई–पासपोर्ट छपाईको जिम्मा पाएको छ । राहदानी विभागले आव्हान गरेको अन्तर्राष्ट्रिय टेण्डरमा सबैभन्दा कम कबोलेको कम्पनीलाई ई–पासपोर्ट छपाईको जिम्मा दिएको हो ।टेण्डर प्रकृयामा भाग लिएका ७ वटा विदेशी कम्पनीमध्ये फ्रान्सेली कम्पनीले सबैभन्दा कम रकममा ठेक्का कबोलेको हो । कम्पनी २ करोड ११ लाख अमेरिकी डलर अर्थात २ अर्ब ४८ करोड रुपैयाँमा ई–पासपोर्ट छाप्न तयार भएको छ ।

विभागसँग अब ८ महिनाको माग मात्र धान्ने ५ लाख थान एमआरपी पार्सपोर्ट छ जसले गर्दा जतिसक्दो चाँडो पासपोर्ट छपाईको काम थाल्नुपर्ने बाध्यता विभागलाई । ठेक्का पाएको कम्पनीलाई ७ दिनभित्र सम्झौताका लागि सम्पर्कमा आउन सूचना जारी गरिएको छ ।