नेपालमा आइतबार थप २ हजार ८५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप २ हजार ८५६ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी गराएको छ ।
अहिले देशका विभिन्न आइसोलेसनमा ४५ हजार ५७२ जना संक्रमित उपचाररत छन् । गत २४ घण्टामा ३ हजार ३३६ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ११ हजार ६७० पुगेको छ । आज कोरोना भाइरस कोभिड – १९ बाट थप ५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ८४७ पुगेको छ ।
आइतबार पीसीआर विधिबाट १२ हजार ३११ जनाको कोरोना परीक्षण भएको छ । अहिलेसम्म १३ लाख ९३ हजार १७३ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा ३ हजार ६४ जना रहेका छन् ।