नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३३६ जना कोरोना संक्रमित निको भएका छन् । आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप ३ हजार ३३६ जना कोरोना संक्रमित निको भएको जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १ लाख ११ हजार ६७० पुगेको छ ।
आइतबार पीसीआर विधिबाट १२ हजार ३११ जनाको कोरोना परीक्षण भएको छ । अहिलेसम्म १३ लाख ९३ हजार १७३ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा ३ हजार ६४ जना रहेका छन् ।