बाँदरलाई हानेको गोली लागेर एकको मृत्यु

News

प्युठानमा बाँदर धपाउन खोज्दा हानेको बन्दुकको गोली लाग्दा  एक वृद्धको मृत्यु भएको छ । प्रहरीले घटनामा नौवहिनी गाउँपालिका ५, डामकोट बस्ने ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको मृत्यु भएको  जनाएको छ । सोही ठाउँका  ३४ वर्षीय हेमलाल सुनारले आज बिहान बारीमा बाँदर भगाउने क्रममा चलाएको बन्दुकले नातामा काका पर्ने दलबहादुरलाई लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुनील मल्लले बन्दुक प्रहारकर्ता हेमलाललाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए।