नेपाली फिल्मका अधिकांश अभिनेता तथा अभिनेत्रीहरु यतिबेला म्युजिक भिडियोको अभिनयलाई समय निकाल्न थालेका छन् ।
फिल्मको विधिवत छायांकन प्रारम्भ भैनसकेको तथा म्युजिक भिडियोका छायांकनलाई सरकारले कुनै प्रकारको बन्देज नलगाएका कारण पनि दशैंअघि प्रसस्तै भिडियोहरु निर्माण भए ।
म्युजिक भिडियोले अभिनेता–अभिनेत्रीमात्र होइन र्याम्प मोडलिङ सक्रिय भएका मोडलहरुलाई समेत आकर्षित गर्न थालेको छ । यसै सिलसिलामा “तिमी नै तिमी’ शीर्षकको गीतको भिडियोमा मोडल अञ्जना बराइली अन्तर्राष्ट्रिय मोडलको छवि बनाएका मोडल तथा कोरियोग्राफर दीपक घिमिरे सँग अभिनय गर्दैछिन ।

घिमिरे केही वर्षअघि अमेरिकामा आयोजित फेसन विकमा अन्तर्राष्ट्रिय नेपाली मोडलको रुपमा क्याटवाक गरेर चर्चामा आएका थिए, त्यस्तै अन्जनालाई पनि WOW म्यागजिन ले केही महिना अगाडि फिचर गरिसकेको छ । सौन्दर्य की धनी अञ्जनाले थुप्रै फेसन शो, विज्ञापन आदिमा आफ्नो कला देखाइसकेकी छिन् भने घिमिरेले अभिनय गरेका केही भिडियो सार्वजनिक भैसकेका छन् भने केही भिडियो सार्वजनिक हुने क्रममा छन् ।
