बडादशैंको फुलपातीदेखि हिजो एकादशीसम्म ५ दिन सरकारी कार्यालयहरुमा पर्व विदा थियो ।
कार्यालयहरु खुलेपनि सेवाग्राही नहुँदा आज पहिलो दिन प्राय: कार्यालयहरु सुनसान जस्तै छन् ।
आज स्वयं कर्मचारीहरुको उपस्थिति पनि कम संख्यामा रहेको छ ।
आजैबाट बैंक वित्तीय संस्थाहरुले पनि सेवा शुरु गरेका छन् । दशैँ मनाउन कार्यक्षेत्रबाट घर गाउँ गएकाहरु पनि फर्कन थालेका छन् ।
तर यसवर्ष कोरोना सङ्क्रमण जोखिमका कारण उपत्यकाबाट बाहिर जानेको संख्या कम रहेकाले भित्रिनेको संख्या पनि विगतको तुलनामा निकै कम रहेको छ ।
यसैबीच दशैँ टीकाको तेस्रो दिन आज पनि मान्यजनको हातबाट टिका र जमरा लगाउने क्रम जारी छ ।
हिजो र अस्ति लगाउन नभ्याएका र टाढा-टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर कोजाग्रत पूर्णिमासम्म नै टिका लगाउने चलन छ ।
तर यसबर्ष कोरोना संक्रमण जोखिमका कारण घरपरिवारमा मात्र टिकालाई सिमित गरिएकाले टिका लगाउन अन्यत्र जनाेहरुको संख्या अत्यान्तै न्यून रहेको छ ।