बेनी नगरपालिका क्षेत्रमा एक साता फेरि लकडाउन गरिएको छ । जिल्ला सदरमुकाम बेनीका एक प्रतिष्ठित घरनाका ८० वर्षीय वृद्धको बिहीबार कोरोना संक्रमणबाट मृत्यु भएपछि लकडाउन गर्ने निर्णय भएको हो ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार दिउँसो सूचना प्रकाशन गरी बेनी नगरपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट प्रदान गर्ने सेवा, सदरमुकाम बेनीस्थित सबै बैंक, वित्तीय संस्था, सरकारी कार्यालयबाट प्रदान गर्ने सेवाहरु समेत शुक्रबार राति १२ बजेदेखि एक हप्ताका लागि बन्द गरिएको जानकारी गराएको छ ।