बंगलादेशसँगको मैत्रिपूर्ण खेलका लागि बोलाइएका ३४ नेपाली खेलाडी मध्ये पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मैत्रिपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघले प्रारम्भिक चरणका लागि बोलाएका पाँच खेलाडीमा कोरोना पुष्टि भएकोे हो । तर खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन ।
प्रशिक्षणको पहिलो दिन चार जना खेलाडीमा कोरोना देखिएकोमा फेरी शुक्रबार थप एक जना खेलाडीमा कोरोना पोजेटिभ देखिएको टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिनुभयो । अहिले पाँचै जना आइसोलेसनमा रहेका छन ।