साढे चार महिनापछि शव उत्खनन् गरी अन्त्येष्टि

News

कोरोनाका कारण मृत्यु भएका अर्घाखाँचीका एक व्यक्तिको साढे चार महिनापछि शव उत्खनन् गरी अन्त्येष्टि गरिएको छ । मालारानी गाउँपालिका–४ का ३० वर्षीय बाबुराम खनालले २८ जेठमा मृत्यु आफ्ना ५८ वर्षीय बुबा यमलाल खनालको शव उत्खनन् गरी अन्त्येष्टि गरेका हुन् ।

यमलालमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण फैलने डरले शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि रातुकास्थित खुल्ला चौरमा बुबाको शव कुरेर तीन दिनसम्म बस्न बाध्य भएको बाबुरामले गुनासो गरेका छन् । भारतको मुम्बईबाट जेठको दोस्रो सातामा घर फर्किएका यमलाल बाडाचौरस्थित एक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए ।

क्वारेन्टाइनमा बसेकै समयमा स्वास्थ्यमा समस्या आएपछि जेठ २७ गते उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको थियो ।