अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाले पदमा नरहे पनि गुजारा चल्ने भएकाले आफूले मागेर पद नलिएको बताएका छन् । बिहीबार संसदीय सुनुवाइ समिति बैठकमा उनले आफूले मागेर पद नलिएको जिकीर गर्दै राज्यले जिम्मेवारी दिएको बताए ।
राज्यले कुनै पद नदिए पनि गुजारा चल्ने र आफूले मागेर पद नलिएको, तर राज्यले जिम्मेवारी दिएको भन्दै प्रस्तावित राजदूत डा. खतिवडाले भने, मैले पद मागेर लिएको होइन । राजनीतिक नियुक्ति राज्यले दिएर आएको हुँ । पदमा नरही गुजारा नचल्ने पनि होइन मेरो । मेरो अनुभवले राज्यले जिम्मेवारी दियो ।’
राज्यले दिएको दायित्व पूरा गर्नु आफ्नो कर्तव्य रहेको बताएका उनले अहिले राज्यले अमेरिकारको राजदूतको जिम्मेवारी दिएको जानकारी दिए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय सभा सदस्य, अर्थमन्त्री, प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारको जिम्मेवारी रहिसकेका उनलाई सांसदहरुले पदमा मात्रै बसिरहन खोजेको आरोप लगाएका थिए ।
यसको जवाफ स्वरुप उनले आफूले मागेर कुनै पद नलिएको, तर राज्यले दिएको जिम्मेवारी पूरा गरेको बताए ।