गत वर्षपनि अयोध्या शहरले ४ लाख ९ हजार पालामा बत्ती बालेर गिनिज वल्ड रेकर्डसमा नाम दर्ता गरेको थियो ।
हिन्दुहरुको चाड दिपावलीका समयमा सरयु नदीको किनारामा हजारौं स्वयंसेवकले कम्तीमा ४५ मिनेट सम्म ती बत्तीहरु बालेका थिए । जिनिज बुक्सका प्रतिनिधिहरुले सो कीर्तिमान कायम गरेको प्रमाणपत्र उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई हस्तान्तरण गरेका थिए ।