प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारको शुभकामना दिँदै राष्ट्रिय समृद्धि र सुखका लागि सबै नेपालीलाई एकजुट हुन आह्वान गरेका छन् ।
आज शुभकामना सन्देश जारी गर्दै पर्व मान्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाज��भाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामा व्यक्त गरेका हुन् ।
‘‘यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा मान जीवनका अनेक पक्षसँग गाँसिएका पशुपक्षी र वनस्पतिलाई सम्मानस्वरूप पूजा गर्ने प्रचलन छ । पाँच दिनसम्म मनाइने तिहारमा हरेकका घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको छ,’’ प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन ।
भाकइटीकाले दाजुभाइ र दिदीबहिनीका बीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउने विश्वास रही आएको उहाँले बताउनु भएको छ । ‘‘यस पर्वको अभिन्न अंगको रूपमा रहेको देउसी-भैलो खेल्ने साँस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रतृत्व, सामाजिक सद्भाव र सहिष्णुतालाई सुदृढ बनाउँदै आएको छ,’’
प्रधानमन्त्री ओलीले विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीका कारण मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर यस वर्षको तिहार पर्व मनाउन आग्रह गरेका छन्।
साथै, यसै अवसरमा राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकताबद्ध हुन सबैमा आह्वान गरेका छन् । एकतामार्फत् समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने विश्वाससमेत प्रधानमन्त्री ओलीले व्यक्त गरेका छन् ।