राष्ट्रपतिलाई भेट्न प्रचण्ड पुगे शितल निवास

Politics

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । नेकपा सचिवालय बैठकको पूर्व सन्ध्यामा राष्ट्रपति र प्रचण्डबीच भएको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
बुधबार नेकपाको सचिवालय बैठक बस्दैछ। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधबारको बैठक सार्न खोजेका छन् भने प्रचण्ड बैठक गर्ने पक्षमा छन्।यसअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीसँग कात्तिक २९ गते लामो छलफल गरेकी थिइन्।