डोनल्ड ट्रम्पद्वारा अफगानिस्तान र इराकबाट थप सेना फिर्ता गर्ने आदेश दिने तयारी

International

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट थप सेना फिर्ता गर्ने आदेश दिने तयारी गरेका छन । ह्वाइटहाउस छाडनुअघि ट्रम्पले दुई मुलुकवाट थप सेना फिर्ता गर्न लागेका हुन । अफगानिस्तानमा सन् २०२१ को जनवरीसम्म आधा सैनिक फिर्ता गरेर २ हजार ५ सयमा झार्ने तयारी अमेरिकाले गरेको हो । त्यस्तै त्यस्तै इराकमा पनि पाँच सय सैनिक कटौती गरेर २ हजार ५ मात्र राखिने बताइएको छ । अमेरिकामा सन २००३ र अफगानिस्तानमा २००१ देखि अमेरिकी फौज बस्दै आएको छ । अमेरिकी नेतृत्वको फौजले सन् २००३ मा इराक कब्जा गरेर राष्ट्रपति सद्दाम हुसेनलाई हटाएको थियो । सन् २००१ सेप्टेम्बर ११ मा अलकायदाद्वारा अमेरिकामा गरिएको हमलाको केही सातापश्चात् अमेरिकी नेतृत्वको संयुक्त सेनाले अफगानिस्तानबाट तालिबान सत्ता अन्य गरेको थियो । सैनिक फिर्ता ल्याउने काम बाइडनले राष्ट्रपतिका रूपमा काम थाल्नुभन्दा एक दिनअघि अर्थात जनवरी १५ सम्म सकिने बताइएको छ । राष्ट्रपति ट्रम्पले लामो समयदेखि सेनालाई फिर्ता ल्याउनुपर्ने आह्वान गर्दै आएका छन् । उनले अमेरिकी सैन्य हस्तक्षेप खर्चिलो र प्रभावहीन भएको बताउने गरेका छन् ।