अभिनेत्री दीपिका पादुकोणको फिल्म ‘छपाक’का लागि प्रशंसकहरु बीच एकदमै चर्चा भइरहेको छ । मेघना गुलजारको ‘छपाक’ धेरै कारणले चर्चित भइरहेकाे छ र अब दीपिका पादुकोणले यसको जिज्ञासालाई झनै बढाएकी छन् ।
डिसेम्बर १० मा ‘छपक’को ट्रेलर रिलीज हुन गइरहेको छ । ट्रेलरको एक दिन अघि दीपिका पादुकोणले उनको इन्स्टाग्राममा दुई पोष्ट गरीन् । एउटा पोष्टमा केवल कालो ठाउँ देखिएको छ ।
जबकि अर्को पोष्टमा उनले छपाकको ट्रेलर डिसेम्बर १० मा रिलीज हुने जानकारी दिएकि छन् ।
दीपिकाको यो पोस्ट पछि, प्रशंसकहरू ‘छपाक’को ट्रेलर हेर्न व्याकुल छन् । फिल्म अर्को वर्ष जनवरी १० मा रिलीज हुनेछ ।
जे भए पनि छपाकको धेरैनै क्रेज देख्न सकिन्छ, किनकि रणवीर सिंहसँग विवाह पछि दीपिकाको यो पहिलो फिल्म हुनेछ । उनिहरू अन्तिम पटक संजय लीला भन्साली निर्देशित ‘पद्मावति’मा देखीएका थिए ।
यदि तपाईं छपाकको बारेमा कुरा गर्नुहुन्छ भने याे फिल्म मेघना गुलजारले निर्देशन गरिरहेकी छन् । यस अघि मेघनाले ‘राजी’ जस्ता सुपरहिट फिल्मको निर्देशन पनि गरिसकेका छन् ।
‘छपाक’ दिल्लीको एसिड अट्याक भएकी लक्ष्मी अग्रवालको जीवनमा आधारित छ । यस फिल्मको माध्यमबाट, दीपिका पादुकोण पहिलो पटक एसिड अट्याक सर्भरको भूमिकामा देखा पर्नेछिन्।
दीपिकाले यस भूमिकाका लागि कडा मेहनत गरेकि छन् । आफूलाई लक्ष्मी अग्रवालको भूमिकामा ढाल्न दिपिकाले प्रोस्थेटिक्सको सहयोग लिएकी छिन् । फिल्मको पहिलो पोस्टरमा उनलाइ चिन्न पनि गाह्रो छ। उनी एसिड अट्याकमा परि बचेको जस्तो देखिन्छिन् ।