हङकङमा लगातार तीन दिनयता ८० भन्दा बढीको संख्यामा कोरोना संक्रमित थपिएका छन् । हङकङमा बिहीबार थप ८१ नयाँ कोरोना संक्रमित भेटिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।
पछिल्लो समय तिव्र गतिमा संक्रमित देखिरहँदा बिहीबारदेखि डिसेम्बर २ सम्मका लागि बार, नाइट क्लब, क्यारिओकी, डान्स हलहरु बन्द गर्ने भएको छ ।
बार र नाइट क्लबबाट मात्र हङकङमा गएको केही समयमै ३११ कोरोना संक्रमित देखिएका छन् । त्यसकारण यी क्षेत्रहरु कोरोना कहरबीच बन्द गर्नु परेको बताइएको छ ।
बिहीबारसम्म यहाँ ५९ सय ४७ मा कोरोना पुष्टि भइसकेको छ । यहाँ १०८ को कारोनाको कारण ज्यान गएको छ भने ५२ सयभन्दा बढी कोरोनामुक्त भएका छन् ।