पछिल्लो २४ घण्टामा थप १ हजार ४३७ कोरोना संक्रमित डिस्चार्ज

Health-Education

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४३७ जना कोरोना संक्रमित निको भएका छन् । बिहिबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देशभरमा थप  १ हजार ४३७ जना कोरोना संक्रमित निको भएको जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ ।

अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा ६८० जना रहेका छन् ।