प्रतिनिधिसभा विघटनको विषयलाई लिएर बार एशोसियन विभाजित

Politics

प्रतिनिधिसभा विघटनको विषयलाई लिएर कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियन विभाजित भएको छ । बारका महासचिव लिलामणी पौडेलले सोमवार प्रेस विज्ञप्ति जारी गरि बिघटन असंवैधानिक रहेको भन्दै प्रधानमन्त्रीको बिरोध गरे लगत्तै कोषाध्यक्ष रुद्र पोखरेलले त्यसको खण्डन गर्दै विज्ञप्ती जारी गरेका हुन । पोखरेलले महासचिव पौडेलको धारणा बारको संस्थागत नभएर व्यक्तिगतमात्र रहेको दावी गरेका हुन । प्रतिनिधि सभा बिघटनको विषय अदालत समक्ष बिचाराधीन भइसकेको विषयको पक्ष र विपक्षमा वक्तव्य जारी गर्ने कार्य बारले गर्न नहुने कोषाध्यक्षको दावी छ । महासचिव पौडेलले जारी गरेको विज्ञप्तीमा भने प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको उल्लेख गरिएको छ ।नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने महासचिव पौड्यालले जारी गरेको विज्ञप्ति नै बारको आधिकारिक धारणा भएको बताएका छन ।बारको विधानअनुसार महासचिवले नै विज्ञप्ति जारी गर्ने व्यवस्था रहेको उनको भनाइ छ । असन्तुष्टले निकालेको विज्ञप्ती आधिकारिक नभएको उनको भनाइ छ नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेकपा अध्यक्ष पुष्पकमल दाहाल पक्षका हुन् । महासचिव पौडेल कांग्रेसबाट निर्वाचित भएका हुन् । कोषाध्यक्ष पोखरेल प्रधानमन्त्री ओली पक्षधर हुन् ।