कंगनाविरुद्ध ट्वीटरको एक्शन : ४ घण्टामा तीन वटा ट्वीट डिलिट

Entertainment

काठमाडौं । ट्वीटरले अभिनेत्री कंगना रनौतको ट्वीट डिलिट गरेको छ । ट्वीटरले नियमको उल्लंघन गरेको बताउँदै ट्वीट डिलिट गरेको बताएको छ । उनको ४ घण्टामा तीन वटा पोस्ट डिलिट गरेको हो । यो ट्वीटमा उनले आन्दोलनकारी किसानलाई आतंककारी भनेकी थिइन् । ट्वीटरले क्रिकेटर रोहित शर्मा र बाँकी क्रिकेटर्सलाई धोबीको कुकुर लेखेको ट्वीट पनि डिलिट गरेको छ ।