प्रहरीसँगको झडपमा पूर्वमन्त्री यादवको अण्डकोषमा गम्भीर चोट

Politics

दाहाल–नेपाल समूहको नेकपाले आह्वान गरेको आमहड्तालमा प्रहरीसँगको झडपमा पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चोट लागेको छ ।

बिहीबार दिउँसो बन्द सफल पार्न जनकपुरधाम स्थित शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरी र पूर्वमन्त्री यादवको समूहबीच झडप हुँदा उहाँको अण्डकोषमा गम्भीर चोट लागेको हो ।प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट प्रमोद यादवले पूर्वमन्त्री यादवको अण्डकोषमा गम्भीर चोट लागेको पुष्टि गर्नुभएको हो ।

जनकपुरमा प्रहरी र बन्दकर्ताबीच झडप हुँदा दाहाल–नेपाल समूहको नेकपाका एक दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएका थिए ।