प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अदालतको निर्णयपछि नैतिकताको आधारमा भएपनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभएको छ । प्रवक्ता शर्माले प्रधानमन्त्रीे केपी शर्मा ओलीले नौतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनुभएको हो ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले प्रतिनिधिसभाको पुनर्स्थापनको फैसला सुनाएको हो । नेपाल कम्युनिष्ट प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए ।