सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति भएको छ ।
तीन चरणमा भएको वार्तामा सरकार र विप्लव समूहबीच विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाई, मुद्धा खारेजी लगायतका विषयमा सहमती जुटेसँगै वार्ता सकारात्मक बनेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीवार) विहान सरकारी टोली र विप्लव समूहबीच भएको तेस्रो चरणको वार्ताले यो निष्कर्ष निकालेको हो ।
