ओलीले निलम्बन गरेपछि थप रणनीति बनाउँदै नेपाल समूह

Politics

नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटीको बैठक बोलाएको छ। नेता नेपाल र उपाध्यक्ष भीम रावललाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाको लागि निलम्बन गरेपछि थप रणनीति तय गर्न बैठक बोलाइएको हो।

दुई नेताहरुलाई कारवाही गरेपछि अबको रणनीतिबारे छलफल गर्नका लागि नेताहरु आन्तरिक छलफलमा जुटिरहेका छन्।

ओलीले कारवाही गरेको नेता नेपाल र रावल दुवैले अस्वीकार गरिसकेका छन्। उनीहरुले ओलीलाई पार्टीबाट हटाउने अधिकार नभएको दाबी गर्दै कारवाहीको कुनै अर्थ नभएको टिप्पणी गरेका छन्।