लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

Politics

प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको दुई घण्टा नबित्दै शंकर पोखरेलले जसपालाई आफू नेतृत्वको सरकारमा सामेल गराएर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रीमा सन्तोष पाण्डे नियुक्त भएका छन्। यसैगरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव बनेका छन्। कल्पना पाण्डे शिक्षा तथा सामाजिक, सुमन शर्मा रायमाझी भैतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त भएका छन्।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बनेका हुन्।
प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरूलाई सपथ गराएका छन् ।