बौद्धको टाउन प्लानिङमा बोराभित्र भेटिएको ठाउँ नजिकै पोलिएको मानव शरीरको मासुको टुक्रा फेला परेको छ ।
बौद्धको नयाँबस्थितमा मंगलवार बोराभित्र मानिसको खुट्टामात्र फेला परेको थियो । खुट्टामात्र फेला परेको स्थानभन्दा ५ सय मिटर पर पोलिएको मानव शरीरको मासुको टुक्रा फेला परेको छ। भेटिएको मासुका टुक्रा पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।
घटनाबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।