चीनमा एक महिलाले बनाईन एन्टी–कोरोना भाइरस टेन्ट

Health-Education Interesting

चीनमा एक महिलाले आफ्नी छोरीको अनलाइन कक्षाको लागि बाहिर बस्न मिल्ने एन्टी–कोरोना भाइरस टेन्ट बनाएकी छन् । उनको घरभित्र इन्टरनेटको सुविधा राम्रो नभएकोले बाहिर बसेर पढ्नको लागि उक्त टेन्ट निर्माण गरेको उनले बताइन् ।

उनकी छोरी बी मेनगी ७ वर्षकी भइन् । भाइरसको त्रास फैलिरहेको बेला एक आमाले आफ्नी छोरीको लागि काठ र प्लास्टिककको टेन्ट तयार गरेकी छन् ।

भाइरसको महामारीका कारण उनको पढाइमा कुनै समस्या उत्पन्न नहोस् भनेर उनले यो उपाय अपनाएकी हुन् ।

चीनको धेरै प्रान्तमा विद्यालय र क्याम्पस बन्द छन् । भाइरस संक्रमण हुने डरले बच्चालाई अनलाइन कक्षा सुरु गरिएको हो । ट्युसन शिक्षक बनाएर मोबाइल एपमार्फत लाइभ स्ट्रीमिङको मद्दतले कक्षा सञ्चालनको व्यवस्था गरिएको छ ।