कोरोना भाइरसः सजग रहन दूतावासको अनुरोध

Health-Education

कोरोना भाइरसको संक्रमण बढेसँगै कोरियास्थित नेपाली दूतावासले नेपालीलाई सहज रहन अनुरोध गरेको छ। पछिल्लो समय कोरियामा कोभिड–१९ भाइरसबाट संक्रमित हुनेको संख्यामा तीव्र वृद्धि भएको छ। थेगु सहरमा सबैभन्दा बढी संक्रमित भएका छन्। कोभिड–१९ को संक्रमणबाट हालसम्म ४ जनाको मृत्यु भइसकेको छ। एकै दिनमा संक्रमित हुनेको संख्या दोब्बर वृद्धि भएको छ। संक्रमित हुनेहरुको संख्या पाँच सय ५६ पुगेको दूतावासले जनाएको छ ।

कोरियाली सरकार र सम्बद्ध स्वास्थ्य संस्थाबाट जारी भएका सुरक्षा उपायहरु अबलम्बन गर्न दूतावासले नेपालीहरुलाई आग्रह गरेको छ।

सन् २००८ देखि हालसम्म नेपालमा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत ६५ हजार ८ सय ४५ नेपाली कोरिया पुगेका छन्। भने अध्ययन र व्यवसाय गर्ने नेपाली पनि त्यहाँ बसोबार गरिहेका छन्।