काठमाडौंको बाफलमा आफ्नै श्रीमती र उनकी बहिनीलाई एसिड आक्रमण गरी घाईते बनाएका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले आइतबार राति ९ बजे श्रीमती र सालीमाथि एसिड आक्रमण गरेका थिए । पक्राउ परेका युवक गोरखा नगरपालिका ५ घर भएका २९ वर्षीय शिव रम्तेल हुन् ।
उनले आइतबार राति श्रीमतीसँग विवाद हुँदा श्रीमती र १५ वर्षीया साली दुवै जनालाई एसिड प्रहार गरेका थिए।
घाइतेहरुको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
एसिड प्रहार गर्ने रम्तेललाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको छ ।
मदिरा खाएर कोठामा पुगेका रम्तेलले श्रीमतीसँग विवाद हुँदा ट्वाइलेट सफा गर्न राखेको एसिड प्रहार गरेका थिए ।
एसिडका कारण उनीहरुको अनुहारमा असर परेको छ ।