दुई राप्रपा बीच शुक्रबार एकताको घोषणा

Politics

राप्रपा र राप्रपा संयुक्त बीच एकता हुने भएको छ । उच्च स्रोतका अनुसार पर्सी शुक्रबार एकता घोषणा गर्ने कार्यक्रम तय भएको छ । त्यसअघि नै दुवै पार्टीका अध्यक्षहरुले पार्टी एकता सम्बन्धि दस्तावेजमा हस्ताक्षर गर्नेछन् ।
पार्टी एकतापछि केन्द्रीय समितिलगायत पार्टीका सम्पूर्ण संगठनमा राप्रपाको ५५ र राप्रपा संयुक्तको ४५ प्रतिशत रहने सहमति भएको बुझिएको छ ।

यसैगरी चुनाव चिन्ह र झण्डाका विषयमा महाधिवेशनअघि उपयुक्त समयमा उपयुक्त निकायबाट निर्णय गरिने छ । त्यस्तै पार्टीको नीति सिद्धान्त गएको एकता महाधिवेशनबाट पारित भएकालाइ नै मानिनेछ ।
पार्टीमा तीन जना कमल थापा, पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहने तथा पार्टीको निर्देशक समिति र कार्य सम्पादन समिति चुस्त बनाइने भएको छ । ती समितिको अध्यक्षता अलग अलग अध्यक्षले गर्ने बुझिएको छ ।
राप्रपा संयुक्तका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले भने घोषणा मिति तय नभएता पनि एकता प्रकृया सकारात्मक ढंगले अघि बढेको संक्षिप्त प्रतिकृया दिए ।