नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्राले फाल्गुन २२ गते राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाण पत्र सम्माननीय राष्ट्रपति श्रीमती विद्या देवी भण्डारी समक्ष पेश गर्नुभयो ।
उहाँ नेपालका लागि २५औं राजदूत हुनुहुन्छ । डिसेम्बर २०१९ मा पूर्वराजदूत मञ्जीव सिंह पुरीको कार्यकाल पूरा भएपछि क्वात्रा नयाँ राजदूतको रुपमा नियुक्त हुनुभएको हो ।