आफ्नै मातहतमा भएको राष्ट्रिय ध्वजावाहक उडाउन मन्त्रि आफै जमानी बसे

Interesting

काठमाडौं । अत्यावश्यक स्वास्थ्य सामाग्री लिन शनिवार चीनको ग्वान्जाउ उडेको नेपाल एयरलाइन्सको आरए ४१७१ विमान प्रस्थान गर्नुपुर्व नेपालका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई आफ्नै जमानी बस्नु पर्ने नाटकीय घटना अहिले चर्चामा रहेको छ । पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) सहितका स्वास्थ्य सामाग्री ल्याउन उडेको यो विमान आन्तिम समयमा १ लाख ५३ हजार अमेरिकी डलरको चार्टर विमानको भाडा बिल सम्बधि लफडामा रुमलिनु परेको थियो । नेपाल एयरलाइन्सले बिल स्वास्थ्य मन्त्रालयमा पठायो, तर स्वास्थ्य मन्त्रालयले अहिले यो रकम तिर्न नसकिने भनेपछि एउटा नयाँ नाटकको मञ्चन शुरु भयो ।

देश संकटमा रहेको बेला राज्यले आफैँ चिकित्सकहरुका लागि पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) सहितका स्वास्थ्य सामाग्री ल्याउन पठाउन लागेको आफ्नै मातहतको विमान उदाउन समेत यत्रो नाटक मञ्चन भएको चर्चा छ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज दिनभर आफैँ विमानस्थलमै उपस्थित भएर अन्य उडानलाई पनि सहज तुल्याउनु भयो यो राम्रो कुरा हो, जमानी बसेर भएपनि विमान उडाइ छोड्ने मन्त्रीको कदम तारिफ योग्य भएपनि यसले सकारात्मक संदेश भने दिएको छैन । नेपाल वायुसेवा निगम नेपाल सरकार मातहतको संस्थान हो , सरकारी आदेश पालना गर्नुपूर्व अझ भनौ देशमा यत्रो संकट भैरहंदा नेपाल वायुसेवाले भुक्तानी माग्नु रत्तिभर पनि जायज हैन । यो समय निकाय निकायबीच द्वन्द्व गर्ने होइन देशलाई संभावित संकटबाट जोगाउने हो । समयमै सरकारले संकटकालिन उपाय र एकद्वार प्रणाली नलगाउने हो भने यस्तै नाटक नै नाटकमा कोरोना भाइरस ले ताण्डव देखाउन सक्छ।