Inshwor pokhrel

काँग्रेसले दिएका सुझाव कार्यान्वयन गर्छौं : उपप्रधानमन्त्री पोखरेल

Politics

काठमाडाैँ। विश्वव्यापी महामारीकाे रूपमा फैलिँदै गएकाे काेराेना भाइरस(कोभिड–१९) को सङ्क्रमण, नियन्त्रण, जोखिम न्यूनीकरण तथा उपचारका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले दिएका सुझावहरूलाइ सरकारले कार्यान्वयन गर्ने भएको छ।

भाइरसको नियन्त्रण, जोखिम न्यूनीकरण तथा उपचारका लागि सरकारले कार्यान्वयन गर्नुपर्ने विषय समेटेर ‘नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’का संयोजक उप-प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेटी शुक्रबार ज्ञापन पत्र बुझाएको काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।

उप-प्रधानमन्त्री पोखरेलले काँग्रेसबाट प्राप्त सुझाव उपयोगी र समय सान्दर्भिक रहेको बताउँदै प्रमुख प्रतिपक्षी दल काँग्रेसको साथ र सहयोगले सरकारलाई थप ऊर्जा प्रदान गर्ने बताएका छन्।