काठमाडाैँ। भारतमा रोजगारीका सिलसिलामा गएका नेपाली लकडाउनका कारण फसेका छन्।
कोरोना भाइरसबाट बच्नका लागि भारतले लागु गरेको लकडाउनमा परी कपिलवस्तुका ४८ नेपाली भारतको हरियाणा स्थित तीन दिन देखि अलपत्र परेका छन्। उनीहरुले आफूहरुलाई त्यहाँबाट उद्धार गर्न नेपाल सरकारसँग माग समेत गरेका छन्। भारतकाे २१ दिनको लामो लकडाउनमा आफूहरुलाई निकै कठिनाइ भइरहेको उनीहरुले बताएका छन्।
उनीहरुले घरमा समेत सम्पर्क गर्न नपाएकाले सञ्चारमाध्यममार्फत आफ्नो गृह जिल्ला कपिलवस्तु स्थित शिवराज नगरपालिकालाई उद्धार गर्न आग्रह गरेका छन। नगर प्रमुख नेत्रराज अधिकारीले भारतमा फसेका नेपालीले उद्धारका लागि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको बताएका छन्।