benjamin netanyahu

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु पनि कोरोना संक्रमित

International

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु पनि कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित बनेका छन्।

नेतन्याहुले सोमबार आफूमा कोभिड-१९ को संक्रमण भएको पुष्टि गरेका हुन्।

नेतन्याहुका अनुसार प्रधानमन्त्री कार्यालयका केही अधिकारीलाई पनि कोभिड-१९को संक्रमण भएको बताएको छ।

संक्रमणपछि आफूहरु यतिबेला आइसोलेसनमा बसिसकेको पनि उनले जानकारी दिएका छन्।

पछिल्लो समयमा इजरायलमा ४ हजार ३४७ जनामा कोरोना संक्रमण भएको बताइएको छ। त्यहाँ १६ जनाको मृत्यु भइसकेको छ।