चर्चा ‘माइ सिक्रेट टेरीयस’ को

Health-Education Interesting

https://www.thesun.co.uk/tech/11271625/my-secret-terrius-coronavirus-scene/

नेटफ्लिक्समा उपलब्ध रहेको सन् २०१८ को एक दक्षिण कोरियाली सिरिज केहि दिन देखि चर्चामा आएको छ । सामाजिक संजालमा मानिसहरु यस सिरिजले दुई वर्ष अगाडीनै नोवल कोरोना भाइरस (कोभिड १९) महामारीको पूर्वानुमान गरेको मानिरहेका छन्, उक्त सिरिजको भिडियो क्लिप पनि भाइरल भैरहेको छ । उक्त सिरिज हो – ‘माइ सिक्रेट टेरीयस’ ।

माइ सिक्रेट टेरीयस’ सन् २०१८ को दक्षिण कोरियाली टेलीभिजन सिरिज हो । यसको प्रशारण सेप्टेम्बर देखि नोभेम्बर सम्म एमबिसी च्यानलबाट भएको थियो र पछि नेटफ्लिक्समा हालिएको थियो । दक्षिण कोरिया र पोल्याण्डमा छायांकन गरिएको यस सिरिजमा एक महिला, गो ए-रिन को कथा रहेको छ, जसले आफ्नो श्रीमान गुमाउछिन् र पछि त्यो एक षडयन्त्र भएको थाहा पाउछिन् । यस सिरिजमा कुल ३२ एपिसोड छ । उक्त सिरीजको दशौ एपिसोडको कारण यो सिरिज केहि दिन देखि चर्चामा आएको छ । उक्त एपिसोडको एक दृश्यमा कसरि कोरोना भाइरसलाई आतंकवादीहरुले हतियारको रुपमा प्रयोग गरिरहका छन् भन्ने बारे कुराकानी गरिएको छ । उक्त दृश्यमा मृत्युदर ९० प्रतिशत हुने गरि बनाइएको मर्स (मिडल इस्ट रेस्पीरेटरी सिन्ड्रोम) को उत्परिवर्तित रुप कोरोना भाइरस हो भनिएको छ । साथै उक्त भाइरसले संक्रमणको पांच मिनेटमै प्रत्यक्ष फोक्सोमा आक्रमण गर्ने र यसको कुनै उपचार नभएको भनिएको छ । केहि पछि उक्त एपिसोडमा भाइरसबाट बच्नको लागि बालबालिकाहरुलाई सहि तरिकाले हात धुन पनि सिकाइन्छ ।

माइ सिक्रेट टेरीयस’ एक साइन्स फिक्सन सिरिज हो । यसमा उक्त भाइरस मानब सिर्जित भनिएको छ । सिरिजमा उक्त मानब निर्मित भाइरसको इन्क्युवेसन पिरियड  ५ मिनेट मात्र छ तर नोवल कोरोना भाइरसको  इन्क्युवेसन पिरियड १ देखि १४ दिन देखिएको छ ।

यी तथ्यहरुलाई हेर्दा कोरोना भाइरस भनेर नाम प्रयोग गरीएपनि ‘माइ सिक्रेट टेरीयस’ एक काल्पनिक कथामा आधारित सिरिज हो ।