esewa

“इसेवा” बहिस्कार अभियान

News

” स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार “ प्रकरणमा काठमाडौँबाट सञ्चालित एक अनलाइन न्युज पोर्टल ‘ह्याक भयो र पोर्टलले आफ्नो समाचार ह्याक गरेर दिलित गरेको आरोप देशकै प्रमुख आइटी कम्पनि इसेवा समूहलाइ लगायो |“www,kathmanduopress.com” अनलाइन न्युज पोर्टललाई आफ्नो समाचार दिलित गर्न इसेवाका संचालक द्वय बिश्वास ढकाल र प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अलीले दबाब दिएको र नमाने पछि ह्याक गरेर समाचार नै दिलित गरेको आरोप लागाएको थियो |
“काठमाडौँ प्रेस” को उक्त समाचारमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका छोराहरु समेत स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचारमा संलग्न भएको आशंका ब्यक्त गरिएको थियो |


समाचर र नुज पोर्टल ह्याक अनि यो संग जोडिएको आरोप प्रत्यारोप पक्ष र बिपक्षको सामाजिक संजालमा समेत व्यापक देखियो | आरोपितहरु स्वयमले समेत आ आफ्नो तर्फबाट सामाजिक संजालमा तर्कहरु राख्न समेत भ्याए | सबैले कानुनी उपचारको कुरा गरेपनि हालसम्म कसैले पनि विधिवत कानुनी उपचारको बाटो अवलम्बन गरेको देखिदैन |यसै बीच “e-sewaको नामबाट मोबाईलमा रिचार्ज गर्नुपरे मोबाइल नै नबोक्ने निर्णय गर्ने सामाजी संजाल प्रयोगकर्ताहरु पनि भेटियो ।अरु त के?” जस्ता इसेवा बहिस्कारका ब्यतिगत सूचनाका स्टेटस सहित का “इसेवा बहिस्कार ” अभियान तिब्र हुन थालेको देखिन्छ | मिडियामा समेत आक्रमण गर्नेले सर्वसाधारणलाई के बाँकी राख्लान् भन्ने प्रश्न समेत यो अभियानका समर्थकहरुले अहिले उठाउंदै छन |

इसेवा बहिस्कारको प्रभाब इसेवाको सिस्टममा परको हो अथवा होइन , आधिकारिक जानकारी हालसम्म इसेवा ब्यबस्थापन को तर्फबाट प्राप्त भएको छैन । इसेवा नेपालमा रहेको मोबाईल वालेट सेवा प्रदान गर्ने प्रमुख कम्पनि हो, बिगत दश बर्ष देखिन सेवा संचालन गर्दै आएको छ | स्मरण रहोस नेपालका धेरै बैंकहरुको Core Banking Integration (अनलाइन बैंकिंग तर्फ) ईसेवा नै छ ।