तुर्कमेनिस्तानमा कोरोना महामारीको सामना गर्नको लागि एउटा छुट्टै पहल गरिएको छ । यहाँ कोरोना भाइरस शब्दमा नै प्रतिबन्ध लगाइएको छ । तुर्कमेनिस्तान क्रनिकलको अनुसार, सरकारले आफ्नो स्वास्थ्य सल्लाह सुचीबाट नै यस शब्दलाई हटाएको छ ।
रेडियो अजतलाइकमा कार्यरत पत्रकारको अनुसार, देशमा यदि कुनै व्यक्तिले कोरोना भाइरसको कुरा गरे वा मास्क लगाएर बाहिर निस्किए उसलाई जेल सजाय तोकिएको छ । अधिकारीहरुको अनुसार अहिलेसम्म कोरोनाको एक जना पनि संक्रमण केस भेटिएको छैन । तर यस देशको सिमाना इरानसँग जोडिएको छ । इरान विश्वमा कोरोनाबाट अति प्रभावित देश मध्ये एक हो ।
प्रेस स्वतन्त्रताको सुचिमा https://rsf.org/en/ranking पनि तुर्कमेनिस्तान अन्तिम स्थानमा रहेको छ ।