काठमाडौँ । अमेरिकामा पछिल्लो २४ घन्टामा कोरोनाबाट १२ सय जनाको मृत्यु भएको छ । जोन होप्किन्स युनिभर्सिटीको अपडेट अनुसार एकै दिनमा १२ सय जनाको मृत्यु भएको हो ।
योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६१६ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ८६१ पुगेको छ ।
त्यस्तै अमेरिकामा अहिलेसम्म १७ हजार ९७७ जना ठिक भएका छन् ।
अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र ४ हजार १५९ जनाको मृत्यु भएको छ । त्यस्तै न्यूजर्सीमा ९१७ जनाको मृत्यु भएको छ भने मिचिगनमा ६१७ जनाको ज्यान गएको छ ।
त्यस्तै लुसियानामा ४७७, क्यालिफोर्नियामा ३४७, वाशिंटनमा ३३८, इलिनियोइसमा २७४, जर्जियामा २१९, मसाचुसेट्समा २३१, फ्लोरिडामा २२१, कोनेक्टीकटमा १८९, पेन्सिलभेनियामा १५०, कोलोरोड़ोमा १४०, टेक्सासमा १३३, इण्डियनामा १२७ र ओहियोमा ११९ जनाको मृत्यु भएको छ ।
त्यस्तै अमेरिकाको न्युयोर्कमा अहिलेसम्म सबैभन्दा बढी संक्रमित देखिएका छन् । न्युयोर्कमा अहिलेसम्म एक लाख २३ हजार १८ जना संक्रमित भएका छन् । त्यस्तै न्यूजर्सीमा ३७ हजार ५०५ जना संक्रमित भएका छन् ।