बान्नीकी चैतलीमा सोमबार हजारौं मानिसको भीड
बझाङ : सरकारले सोमबार वैशाख ३ गतेसम्मका लागि थप लकडाउन घोषणा गरेको छ । तर, बझाङमा भने त्यसको कुनै असर परेको छैन यहाँ त विसरती मेलाका लागि हजारौं मानिस जम्मा भएका छन् । बझाङको छविस पाथिभेरा गाउँपालिका–३ मा मनाइने बान्नीकी चैतलीमा सोमबार हजारौं मानिसको भीड जम्मा भएको छ । कोरोना भाइरसको संक्रमणले सुदूरपश्चिम सबै प्रदेशभन्दा जोखिममा छ ।तर, बझाङको छबिसपाथिभेरा गाउँपालिकाका स्थानीयले भने लकडाउन उल्लंघन गर्दै हजारौंको भीड जम्मा गरी सोमबार बान्नीकी चैतली मेला मनाएका छन् ।
‘गाउँपालिकाका विभिन्न नाकामा प्रहरी परिचालन गरिएको छ, तैपनि स्थानीयले चोरबाटो प्रयोग गरी मेला भरेका छन् ।
चैतली मेलामा तल्लो छबिस र मल्लो छबिसबीच विवाद भएपछि १२ जना घाइते भएका छन् । सोमबार साँझ ६ बजेतिर झडप भएको हो । जात्रामा भकुण्डो हान्ने बेला झडप भएको थियो । गाउँपालिकाले मेला स्थगन गरिएको बताए पनि त्यहाँ ४ हजारभन्दा बढीको सहभागिता थियो ।
बान्नीकी चैतलीमा स्थानीबीच भकुण्डो खेल्ने र मस्टा देवताका लागि काकर चढाउने प्रचलन छ ।
कोरोना भाइरसको संक्रमणले सुदूरपश्चिम सबै प्रदेशभन्दा जोखिममा छ ।
लकडाउन उल्लंघन गर्दै बझाङमा बान्नीकी चैतली
लकडाउन उल्लंघन गर्दै बझाङमा बान्नीकी चैतली
Posted by Dinesh Khabar on Monday, April 6, 2020
भिडियो श्रोत : दिनेश खबरबाट साभार