प्रधानमन्त्रिको सम्बोधन सारंस : देखिए, सुनिए र सुनाएर गए…

Politics

सरकारको चौतर्फी आलोचना भैरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार देशवासीका नाममा सम्बोधन गरेका छन् ।

मेडिकल सामाग्री खरिद प्रकरणमा भएको अनियमितता, स्वाथ्यमन्त्रि लगायत धेरै उच्च पदस्थ व्यक्ति र प्रधानमन्त्रीकै वरपरका आसेपासेहरु तथा सल्लाहकारहरु लगातार विभिन्न काण्डहरूमा मुछिएको समाचारहरुका बीच मंगलवारको प्रधानमन्त्रीको सम्बोधन देशैभरि निकै उत्सुकताका हेरिएको थियो ।  मनमा अनेक प्रश्नहरु खेलाउदै उत्सुकताका साथ् सिंगो नेपाल प्रधानमन्त्रीको सम्बोधनको प्रतिक्षामा थियो तर मंगलवार बिहान नेपाल टेलिभिजनबाट देशैभरि झुल्किएका प्रमले खासै जनताको मन भने जित्न सकेनन् ।

मेडिकल सामाग्री खरीद प्रकरण लगायतको भ्रष्टाचारको बिषय प्रधानमन्त्रीले सरकारलाई असफल देखाउने प्रचारबाजी बेमौसमी बाजा भन्दै पुरै खारेज गरिदिए । सरकारका काम कुनै पनि संवैधानिक अङ्गहरुभन्दा माथि हुँदैनन् । तिनले गर्ने अध्ययन र गर्ने फैसलाका लागि सरकार हमेशा तयार रहन्छ । निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ भन्ने मात्र मेरो आग्रह छ भन्दै प्रधानमन्त्रीले सदा झैँ भ्रस्टाचार आफूले नसहने जनाउदै हाललाई भने यो प्रकरणको अन्त्य गरिदिए ।

संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन यो नै हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तबास पछिको सिधा सन्देश थियो ।

बहु प्रतिक्षित देशबासिको नामको सन्देशमा सरकारले अहिलेसम्म गरेका प्रयास र तथ्यांकहरुको सदाझै  बेलिबिस्तार लगाए , तर वास्तविकता अर्को धरातलमा छ । कोरोनाविरूद्ध फ्रन्ट लाईनमा लडिरहेका स्वास्थ्यकर्मी लगायतका सबैको समस्या मेडिकल सामाग्री को अभाव हो, राहत वितरणमा व्यापक प्राविधिक र व्यवहारिक समस्याहरु देखिएका छन् र लकडाउनको अबधि बढ्दै जाँदा यो अझै बिकराल हुने सबैको अनुमान छ तर हाम्रा प्रधानमन्त्रीले यसमा जनतालाई आश्वस्त पर्न पर्नुपर्ने आवस्यकता अझै महसुश भएको देखिएन । प्रधानमन्त्रीको सम्बोधनपछि देशैभरिका बुद्धिजिबी एबम् मिडिया सर्कलमा एउटै चर्चाले स्थान पायो प्रधानमन्त्रीको स्वाथ्यमा राम्रो सुधार भएछ । आज उनले प्रम्प्तर हेरेर राम्रो समाचार वाचन गरे ।

सारांशमा प्रधानमन्त्री केपी शर्मा ओली बुधबार देखिए, सुनिए र सुनाएर गए  ।