पुरानो कोरोना भाइरस चीनमा अहिले पनि बाकि रहेको छ । तर यो भन्दा ठूलो कुरा भनेको त नयाँ कोरोनाको जन्म पनि पुरानो कोरोनाको उद्गमस्थलमा नै भएको छ ।वास्तवमा लकडाउन पछि चीनको हुबेई प्रान्तमा कोरोनाको यो ग्राफ अत्याधिक कम हुँदै गएको थियो । मार्च महिनामा त चीनमा संक्रमितको संख्या सकिएको बराबर नै भएको थियो । त्यसैले चीनले कोरोनाका संक्रमित सकिएको भन्ने सोचेर लकडाउन पूर्ण रुपमै हटाएको थियो । तर उसको यो निर्णय उल्टो भईदियो र कोरोनाले आफ्नो नयाँ अवतारमा झनै खतरनाक बनेर फेरी चीनमा आक्रमण गर्न शुरु गरेको छ ।

चीन सरकारले २ महिनाको लकडाउन काफी भएको र अब सबै कन्ट्रोल भएको सोचेर ८ अप्रिलबाट वुहानमा पूर्ण रुपमा लकडाउन हटाइनेछ भन्ने घोषणा गरेको थियो र वुहानमा सार्वजनिक यातयात ‘पब्लिक ट्रान्सपोर्ट’ फेरी पहिलेकै झैँ शुरु हुन थाल्यो ।
चीनको हुबेई प्रान्तमा लकडाउन हटेपछि त्यहाँबाट उडान भर्ने डेमेस्टिक तथा इन्टरनेशनल फ्लाईट पुनः शुरु गर्याे । अन्य देशमा फसेका आफ्ना नागरीकहरुलाई चीनले आफ्नो देशमा लान थाल्यो । तर चीन यो कुरामा चुक्यो कि, यसले कोरोना भाइरसउ झनै खतरनाक रुपमा एसिम्टोम्याटिकको शिकार बनिनेछ ।अन्य देशबाट बोलाएका आफ्ना नागरीक सबैलाई संक्रमण पक्कै थिएन । तर जसलाई थियो उनीहरुले चीनमा फेरी खतरा पैदा गरिसकेका थिए ।

चीन यहि ठाउँमा चुक्यो र एसिम्टोम्याटिकको शिकार बन्न पुग्यो चीनलाई यो बारेमा थाहै भएन कि, हामी फेरी आफ्नो मुलुकमा कोरोनालाई बोलाईरहेका छौँ ।त्यो बाहेक जो-जो संक्रमितहरुलाई चीनले अस्पतालमा उपचार गरेर निको बनायो र उनीहरुलाई उपचार पछि तत्काल घर फर्कायो, त्यसकै कारण संक्रमित नभएका अन्यमा संक्रमण फैलिन थाल्यो । तर यसको असर भने लकडाउन खुलेपछि अहिले चीनले भोगिरहेको छ ।लकडाउन खोलेपछि चीनको हुबेईमा मात्र एसिम्टोम्याटिक कोरोनाका १५४१ वटा नयाँ केश देखा परेका छन् । साथै उनीहरुको सम्पर्कमा रहेको मानिसहरुमा पनि कोरोना पोजेटिभ पाइन थालेको छ ।यो सबै जानिसकेपछि हामीले यो पनि पक्कै बुझ्यौँ नै होला कि, कोरोना भाइरसले हाम्रो साथ यति सहजै छोड्नेवालामा छैन । विश्व स्वास्थ्य संगठनले त चेतावनी दिँदै भनेको छ कि, कोरोनाको महामारी अहिलेसम्म त्यस्ता धेरै देशमा पुग्न बाँकि रहेको छ, जस्तै गृहयुद्ध ग्रस्त देशहरु ।

महामारी विज्ञानका विशेषज्ञ एन्टोनी फ्ल्याहोल्टका अनुसार यो कोरोनाको पहिलो चरण मात्र हो । अझै यसको चरण ‘फ्रेज’ देखिन बाँकी रहेको छ ।एक तर्फ सारा विश्व कोरोनाको पहिलो फेजसँग लडिरहेको छ भने अर्काेतर्फ चीनमा फेरी नयाँ कोरोनाको दोश्रो चरण झनै आक्रमक बनेर फैलिन थालेको छ ।
महामारी विज्ञानका विशेषज्ञ एन्टोनी फ्ल्याहोल्टका अनुसार ”कोरोना एक चरणमा पनि नष्ट हुन सक्दछ, तर यसले क्वारेन्टाइन, मौसममा निर्भर भएर बच्ने तरिका अपनायो भने । तर कोरोनाको ‘केसेज’ देखिन छोडे भन्दैमा तत्काल लकडाउन खोल्नु तथा हतारिनुले झनै संक्रामक बन्न सक्दछ । जसरी चनिमा फेरी कोरोनाको नयाँ अवतार देखिएको छ ।”
यो महामारी केहि चरणमा फैलिने आशंका यसकारण पनि गरिएको छ कि, बच्नका लागि अहिले उठाइएको कदम मात्र अस्थायी छ । र मौका फेरी मिल्नासाथ यो महामारी पुनः शुरु हन्छ ।
यो महामारी त्यो बेलासम्म फैलि नै रहन्छ जबसम्म थर्ड इम्युनिटीसम्म पुग्न सकिँदैन । कुनै समयमा यो तयार पार्न केहि महिना लाग्छ त कहिले वर्ष दिन जान सक्दछ ।